जीप दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते

काठमाडौँ, १० बैशाख । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते छन् ।

प्रहरीका अनुसार आज दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको हो । उक्त जीप प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै थियो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अधिकांशको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका निम्ति बुटवल पठाइएको छ । जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए । जीपका चालक भने नेपाली नागरिक हुन् । उनी पनि घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित

काठमाडौँ, १० बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता

काठमाडौँ, १० बैशाख । नेकपा एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको नयाँ नियमावलीको प्रस्तावित मस्यौदामा रहेका कतिपय

काठमाडौँ, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणको मुद्दा स्थगित गरिएको छ ।  उक्त मुद्दामा