नेपाल टेलिकमद्वारा ‘समर अफर’ सार्वजनिक

काठमाडौँ, १० बैशाख । नेपाल टेलिकमले ग्राहकहरूका लागि विभिन्न आकर्षक प्याकेज र सुविधाहरू सहित ‘समर अफर २०८३’ सार्वजनिक गरेको छ । 

वैशाख ११ गतेदेखि लागू हुने यो अफर अन्तर्गत कम्पनीले भ्वाइस र डाटामा नयाँ र परिमार्जित प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।

टेलिकमले यसपटक सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई बढाएर ३० दिनको बनाएको छ । अब ३० दिनका सबै भ्वाइस प्याकेजहरू सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधा सहित उपलब्ध हुने कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए । 

अफर अन्तर्गत धेरैको रोजाइमा परेको ‘सजिलो अनलिमिटेड प्याक’ लाई थप आकर्षक बनाइएको छ । अब ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस प्राप्त गर्न सकिनेछ । त्यस्तै, ७९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५० जीबी डाटा र २५० अल–नेट एसएमएसको सुविधा उपलब्ध हुनेछ ।

डाटा प्याक अन्तर्गत ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा प्याक ल्याइएको छ । दैनिक डाटा खपत गर्नेहरूका लागि ५९९ रुपैयाँमा प्रतिदिन २ जीबी र ३४९ रुपैयाँमा प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने मासिक प्याकेजहरू पनि समावेश छन् । छोटो समयका लागि २५ रुपैयाँमा १ घण्टा सम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज पनि उपलब्ध छ ।

यसबाहेक टेलिकमले नाइट प्याक, कम्बो प्याकेज, सीयूजी, एसएमएस र एफटीटीएच प्याकहरूमा पनि विभिन्न सुविधा थप गरेको छ । ग्राहकले आफ्नो मोबाइलबाट (१४१५#) डायल गरेर, ‘नेपाल टेलिकम’ एपमार्फत वा कम्पनीको वेबसाइटबाट यी सेवाहरूको विस्तृत जानकारी लिन र खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब