रविविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयबाट सुनुवाइ स्थगित

काठमाडौँ, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणको मुद्दा स्थगित गरिएको छ । 

उक्त मुद्दामा सुनुवाइका लागि बिहीबार (वैशाख १०) मा न्यायाधीश नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलास तय भएको थियो ।

यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइपछि संवैधानिक जटिलताको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश भएको थियो । 

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले अध्ययन गर्न समयको अभावमा मुद्दा स्थगित गरिएको जानकारी गराए । रेग्मीका अनुसार, बुधबार कार्यालय समय सकिनुअघि मात्रै महान्यायाधिवक्ता कार्यालयले पेसीको सूचना पाएको थियो । “मैले पनि बहसमा प्रतिनिधित्व गर्नुपर्ने थियो । म आज कार्यक्रममा जनकपुरमा छु । अध्ययन गर्न समयको अभावमा स्थगित गराइएको हो,” नायब महान्यायाधिवक्ता रेग्मीले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि