नेप्से परिसूचक १७.०१ अङ्कले घट्यो

काठमाडौँ, १० बैशाख । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा पुगेर बन्द भएको छ । 

बजारमा आज कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भए । जसबाट कुल ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा अधिकांश उप–सूचकहरू राताम्मे देखिएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घट्दा जलविद्युत १.०५ प्रतिशत, फाइनान्स १.०६ प्रतिशत र बैंकिङ ०.७७ प्रतिशतले ओरालो लागेको छ।

यद्यपि, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशत, ट्रेडिङ ०.४३ प्रतिशत र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेका छन्। आजको बजारमा पाल्पा सिमेन्ट र शिखर पावर लिमिटेडको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.२४ प्रतिशतले बढेको छ । यता, सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य ११.७९ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।