स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

काठमाडौँ, १० बैशाख । काठमाडौँमा स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई बुधबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् । 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित

काठमाडौँ, १० बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता

काठमाडौँ, १० बैशाख । नेकपा एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको नयाँ नियमावलीको प्रस्तावित मस्यौदामा रहेका कतिपय

काठमाडौँ, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणको मुद्दा स्थगित गरिएको छ ।  उक्त मुद्दामा