काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा

काठमाडौँ, १० बैशाख । काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ ।

देशभरि नै पुनः वायु प्रदूषण बढिरहेको वातावरण विभागको तथ्यांक छ । आज बिहान साढे ९ बजेको मापनमा काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३१ छ ।

जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ ।

स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौँभन्दा अगाडि पाकिस्तानको लाहोर (२६१ एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार लाहोर र काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ सूचीमा रहेको हो ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

नेपालको

वायु प्रदूषणका बेला बिहान र बेलुका घरबाहिर ननिस्कन र निस्कन परे मास्क लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित

काठमाडौँ, १० बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता

काठमाडौँ, १० बैशाख । नेकपा एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको नयाँ नियमावलीको प्रस्तावित मस्यौदामा रहेका कतिपय

काठमाडौँ, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणको मुद्दा स्थगित गरिएको छ ।  उक्त मुद्दामा