काठमाडौँ, २७ असोज । फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ ।
‘सर्भाइभल’ कथामा आधारित फिल्म मंसिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ । ‘हिमालयन गोल्ड’को उद्देश्य नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने रहेको निर्माणपक्षले जनाएको छ ।
अभिनेता सुनील थापाको अभिनय रहेको यो अन्तिम चलचित्र समेत हो । चलचित्रमा सुनील थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय छ ।
धिराज राजवंशीले चलचित्रलाई निर्देशन गरेका छन् ।








