अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौँ, २७ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज दिउँसो थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा डा. वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।

अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएका छन् ।

अर्थमन्त्री वाग्ले आउँदो कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको