होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण हुँदा २ भारतीय बेपत्ता

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन् । आक्रमणमा परेको अर्को जहाजमा सवार सबै ११ भारतीय नाविकको भने सुरक्षित उद्धार गरिएको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार अक्टोबर ११ मा दुई छुट्टाछुट्टै तेल ट्यांकरमाथि आक्रमण भएको हो । निकारागुआको झण्डा रहेको ‘एमटी पेट्रो डल्फिन’ माथि ड्रोनबाट प्रत्यक्ष आक्रमण भएको थियो । उक्त जहाजमा सवार ११ भारतीय नाविकमध्ये दुई जना बेपत्ता भएका छन् ।

त्यस्तै, मार्सल आइल्यान्ड्सको झण्डा रहेको अर्को तेल ट्यांकर ‘एमटी भाल्थेरा’ माथि आक्रमण हुँदा जहाजमा आगलागी भएको थियो । उक्त जहाजमा सवार सबै ११ भारतीय नाविक सुरक्षित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

ओमानको मस्कटस्थित भारतीय दूतावासले बेपत्ता दुई नाविकको खोजी तथा उद्धारका लागि ओमानका सम्बन्धित अधिकारी र जहाज व्यवस्थापन कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ ।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत ‘एमटी पेट्रो डल्फिन’को अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जानकारी दिएको छ । प्रभावित जहाजमा रहेका अन्य भारतीय नाविकलाई आवश्यक सहयोग उपलब्ध गराउने काम पनि भइरहेको दूतावासले जनाएको छ । यसैबीच भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जलक्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७

काठमाडौँ, २६ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन,

काठमाडौँ, २६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २६ असोज । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना