नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौँ, २७ असोज । रोहित पौडेलको अर्धशतक तथा करण केसीको आक्रामक फिनिसिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो ।

रोहितले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले ।

करण केसीले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरे । अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए । लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो तथा क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको