हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास सरकार प्रतिबद्ध छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, २७ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक रहेको पनि बताए । सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पुर्‍याउने तथा अन्य सामग्रीको वितरण गर्न थालेपछि हुलाक सेवाको थप महत्व बढेको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो जुन हुलाक प्रणाली ऐतिहासिक छ, यसका आफ्नै क्षमता र कमजोरीहरु होलान् । एक किसिमले चलिराको हुलाकलाई नयाँ सरकार आएर सरकारी कुरियर सेवाको रुपमा काम गर्नुपर्छ भनेर लागेको छ, यसमा तपाईंहरूले काम गरिराख्नु भएको छ । रातारात सबै सुधार हुँदैन, तर सुधार हुँदै गएको छ । सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत घर घरमा पासपोर्टहरू पुगेको छ । अन्य सामग्रीहरू पनि डेलिभरी हुन थालेको छ,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २७ असोज । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक

एजेन्सी, २६ असोज ।  स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका

एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै

एजेन्सी, २६ असोज । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्यास्त्र प्रहारमा परी एक जनाको