पहिरो कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ, १३ बैशाख । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

प्रहरीका अनुसार भारी वर्षाका कारण दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो ।

अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सीतालगायत ठाउँमा पहिरो झरेको छ । यसैगरी, मुरुका दुई स्थानमा पहिरो झरेको छ भने पहिरोकै कारण धाउन्ने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ । 

भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको र मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम हुने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रहसमेत प्रहरीले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय

काठमाडौँ, १३ बैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन

काठमाडौँ, १३ बैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज गायब भएको छ  । भट्टराईको पेजमा प्राविधिक समस्या देखिएको

तनहुँ, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका