झापा हिँडेकी रचना रिमाल जनकपुर पुगिन्

काठमाडौँ, १३ बैशाख । गायिका रचना रिमाल आज बिहान उनी झापा उड्न तयार थिइन् । तर, मौसम खराबीका कारण उनी गन्तव्यमा पुग्न सकिनन् । उनको प्लेन जनकपुरमा ल्यान्ड भयो ।

अहिले सामाजिक सञ्जालमा उनले जनकपुरको टर्मिनलमा कुरिरहेको भिडियो हालेकी छिन् । विमानमा यात्रा गर्दा खराब मौसम सधैं च्यालेन्जिङ हुने गर्छ । यस पटक गायिका रिमाल त्यसैको मार्कामा परेकी हुन् ।

हिजो शनिबार नै उनको झापा जानु पर्ने थियो । तर, खराब मौसमका कारण उनी हिजो जान सकिनन् । उडेको केही समयपछि नै उनी चढेको प्लेन काठमाडौँ फर्किएको थियो  ।

जनकपुरमा ठूलो पानी परिरहेको देखिन्छ । कालो बादल आकाशमा मडारिरहेको देखिन्छ । भिडियोमा उनले अब गाडीबाट गन्तव्यमा जान लागेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।