पुरानाको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे समीक्षा हुनुपर्छ : नेता पुन

काठमाडौँ, १३ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको स्वीकार गरिनुपर्ने बताएका छन् । 

१७३औँ विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आज राजधानीमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा ट्रेड युनियनको भूमिका’ विषयक अन्तर्क्रियामा बोल्दै पुनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा देशमा लोकप्रियतावादीहरूको जन्म भएको स्विकार्न हिचकिचाउन नहुने बताएका हुन् ।  

उनले भने, ‘अरू साथीहरू ३६ वर्षदेखि र हामी १८ वर्षदेखि सत्तामा छाैँ । बिना कारण त मानिसमा निराशा आएन । पुराना राजनीतिक पार्टीका नेता र दलहरूको विरोध गर्दा जनता किन खुसी भए भनेर हामीले आफूलाई हेर्नुपर्छ । विद्यालय र विश्वविद्यालयमा हामीले विद्यार्थी सङ्गठन, उद्योग प्रतिष्ठानमा मजदुर सङ्गठन, सरकारी निकायमा कर्मचारी सङ्गठन र शैक्षिक संस्थामा शिक्षक सङ्गठनको परिचालनमा हामी कहाँ चुक्यौँ ? किन नागरिक संस्थाहरू खारेज हुनुपर्छ भन्दा जनता खुसी हुने अवस्था आयो ? लोकतान्त्रिक अधिकार खुम्चिँदा पनि नागरिक खुसी हुने अवस्था कसरी आयो ? यसमा पार्टीहरूले र नेताहरूले पनि आफ्ना कमजोरीको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।’  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय

काठमाडौँ, १३ बैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन

काठमाडौँ, १३ बैशाख । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज गायब भएको छ  । भट्टराईको पेजमा प्राविधिक समस्या देखिएको

तनहुँ, १३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका