काठमाडौँ, १३ बैशाख । वायुको गुणस्तर मापन गर्ने एयर आइक्यूका अनुसार अहिले काठमाडौँ प्रदूषणमा विश्वकै शीर्ष सहरको सूचीमा रहेको छ । दोस्रोमा भारतको नयाँ दिल्ली रहेको छ।
काठमाडौँमा बिहानीपख पानी परेता पनि अहिले आकाश धुम्म परेको छ । भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलतर्फ आइरहेका तीन अन्तर्राष्ट्रियसहित केही आन्तरिक उडान डाइभर्ट गर्नुपरेको छ । त्यस्तै प्रदूषण पनि अहिले उच्च रहेको छ ।




