काठमाडौँ, १३ बैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् ।
सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुमबासी बस्ती भत्काउने काम गरी रहेको छ । यी स्थानबाट सुकुमबासीहरूलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाइ, मर्मत सम्भारको काम भइरहेको छ ।




