पोखरामा नयाँ वर्ष महोत्सवको तयारी पूरा

काठमाडौँ, २८ चैत । पोखरामा हुने २१ औँ संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी पूरा भएको छ ।

आइतबारदेखि सुरु हुने महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । खहरेदेखि सहिद चोक बिचको सडकमा आयोजना हुने महोत्सवमा ३ लाख भन्दा बढी पर्यटक सहभागी हुने अनुमान गरिएको छ । आइतबार खहरे चोकबाट सांस्कृतिक झाँकी र र्‍याली अम्बोटमा पुगेर उद्घाटन समारोह हुनेछ ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै हुन लागेको महोत्सवमा होटलहरुले २५ प्रतिशत छुट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि ल्याएको छ । महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा