काठमाडौँ, १८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
आज दिउँसो अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।





