१० जना जुवाडे पक्राउ

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा तास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छापा हानेर १० जनालाई नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक ४२ वर्षीय कालुराम चौधरी, ३८ वर्षीय बिरेन्द्र थापा, २४ वर्षीय रोहित खड्का, २० वर्षीय क्रिस बम, ३३ वर्षीय पदम ठकुल्ला, २९ वर्षीय अनिल चौधरी, ५१ वर्षीय बिरु साउद, ४१ वर्षीय टिकाराम खनाल, ४३ वर्षीय रामकृष्ण चौधरी र १८ वर्षीय विवेक साउद रहेका छन् ।

उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक  बलराम पाण्डेय नेतृत्वको टोलीले गएराति साढे ८ बजेतिर होटलमा छापा हानेर पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५९ हजार २९० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको छ ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव