फेवातालमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान ११ः१५ बजे पोखरा १८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय आरेस लामाको मृत्यु भएको हो । लामा खपौदीकै हुन् ।

सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सातजनाको गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजी गरेको थियो । गोताखोरले १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेका थिए । 

उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा १० रामघाट पठाइएकोमा उपचारको क्रममा आज दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको भन्दै सबैजना

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को

काठमाडौँ, १५ असार । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने