काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् ।
आज नुवाकोटमा आयोजित एक कार्यक्रममा उनले आफूले नेकपा (एमाले)को पार्टी सदस्यता नवीकरण गराए पनि होल्डमा रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन हो, प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो । म अनेक हिसाबले जोडिएको छु, तपाईँहरूले माने पनि नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अहिले होल्डमा छ ।’
जबजको एउटा दर्शन, सिद्धान्त र नीति कार्यक्रम रहेको भन्दै उनले त्यसको जस स्व. नेता मदन भण्डारीलार्ई जाने बताइन् । एमालेको नाम, जबजको सिद्धान्तमा मदन भण्डारीसँगै आफू पनि जोडिएको उनले उल्लेख गरिन् ।
राजनीतिक विषयमा विभिन्न विषयमा छलफल आवश्यक रहेको उनले बताइन् । उनी एमालेकी पूर्वउपाध्यक्ष पनि हुन् ।







