जलजला जिप दुर्घटना अपडेट : मतृक सबैको पहिचान खुल्यो

काठमाडौँ, १८ बैशाख । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ ।

दुर्घटनामा घाइते भएका १ जना उपचारपछि  घर फर्किएका छन् । यात्रुहरू सबै रुकुम पूर्वबाट गए पनि केही रुकुम पूर्वका र केही दाङ जिल्लाका भएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र  ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन् । 

साथै दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने-५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह एवम् रुकुम पूर्वकै भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुपमिना बस्नेत रहेका छन् । 

घटनास्थल अप्ठेरो पहरामा भएकाले शव संकलन कार्यमा ढिला भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् ।  आर एस

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५