सीमामा कडाइ गर्दा भएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँछौँ : सभापति थापा

काठमाडौँ, १८ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।

आज पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको पहिलो शृंखलामा बोल्दै सभापति थापाले भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नागरिकहरूको दैनिक जीवनयापनमा नै समस्या देखिएको भन्दै यसबारे सदन र विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइने बताए ।

भन्सारमा कडाइ गर्दा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने व्यवहारले आत्मसम्मानमाथि चोट पुगेको देखिएको उनको भनाइ छ । भन्सारमा कडाइ गर्दा व्यावहारिक पक्षलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

सभापति थापाले भन्सारमा राम्रो गर्ने नाममा नागरिकलाई अनावश्यक दुःख दिनेजस्ता नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव दिए । सीमामा हुने गरेको अव्यावहारिक कुराहरूलाई सधैँको लागि बन्द गर्नुपर्ने भए पनि कांग्रेस सरकारमा नै भएका बेला सय रुपैयाँभन्दा बढीका सामानमा कर लगाउने काममा जोड दिँदा आफूहरूकै दबाबमा सरकार पछि हट्नु परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले