‘निष्क्रिय’ प्रहरी कुकुर वितरण गर्न आवेदन आह्वान

काठमाडौँ, २६ साउन । ‘निष्क्रिय’ प्रहरी कुकुर वितरणका निम्ति आवेदन आह्वान गरिएको छ ।

नेपाल प्रहरी केनाइन कार्यालयले यही साउन २१ गते सूचना प्रकाशन गर्दै सात दिनभित्र निवेदन पेस गर्न भनेको हो ।

“…नेपाल प्रहरी केनाइन कार्यालय, महाराजगन्जमा सेवारत तपसिलबमोजिमका निष्क्रिय प्रहरी कुकुरहरू वितरणको प्राथमिकतामा रहेका इच्छुक दाता, बहालवाला एवं पूर्वप्रहरी कर्मचारीहरू र अन्य सर्वसाधारण व्यक्तिहरूलाई वितरण गर्ने व्यवस्था मिलाइएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित सक्कलै निवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

सर्वसाधारण समेतले ती कुकुर किन्न पाउनेछन् । तीन निष्क्रिय प्रहरी कुकुर वितरण गरिने सूचनामा उल्लेख छ ।

बिजुली नाम राखिएको पोथी जर्मन शेफर्ड वितरण सूचीको पहिलो नम्बरमा छ । आठ वर्षको यो कुकुर खोजी तथा उद्धारमा समेत सहयोगी हुनेछ । यसको मूल्य पाँच हजार रुपैयाँ तोकिएको छ । वितरण सूचीको दोस्रो नम्बरमा मोती नामको गोल्डेन रिट्रिभर भाले कुकुर छ । ११ वर्ष उमेर भनिएको यो कुकुर लागुऔषध खोजी र एवं पहिचानमा समेत सहयोगी हुनेछ । यसको मूल्य चार हजार रुपैयाँ तोकिएको छ ।

म्याक नाम राखिएको अर्को भाले जर्मन शेफर्ड वितरण सूचीको तेस्रो नम्बरमा छ । नौ वर्षको यो कुकुर विस्फोटक पदार्थ खोजी एवं पहिचानमा समेत सहयोग हुनेछ । यसको मूल्य चार हजार ५०० रुपैयाँ तोकिएको छ ।

कुकुर प्राप्त गर्न चाहनेले निवेदनका साथ विभिन्न कागजात पेस गर्नुपर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा