टीआरसीका मिल्न बाँकी सबै विषयमा सहमति जुट्यो : गृहमन्त्री लेखक

काठमाडौँ, १७ साउन । गृहमन्त्री रमेश लेखकले टीआरसीमा मिल्न बाँकी सबै विषयमा दलहरुबिच सहमति भएको बताएका छन् । 

आज बसेको टीआरसी कार्यदलको बैठकपछि गृहमन्त्री लेखकले सहमतिसँगै अब टीआरसी बीलको प्रक्रिया अघि बढ्ने बताएका हुन् । 

उनले भने, ‘राम्रो उपलब्धि भएको छ, मिल्न बाँकी रहेका सबै विषयमा कुरा मिलेको छ’, ‘द्वन्द्वकालमा भएका हत्याका सन्दर्भमा मनसायपूर्वक वा स्वेच्छाचारी ढंगको हत्या भनेर परिभाषित गरेका छौँ ।’

त्यस्तै उनले मेलमिलापका सन्दर्भमा पीडितको सहमति हुने कुरा गरेको बताए । ‘यदि पीडितको सहमति भएन भने मानवअधिकार उल्लङ्घनको मुद्दा चल्न सक्ने र फौजदारी मुद्दा भएकोमा पीडितलाई त्यसको अधिकार दिने भन्ने कुरा, द्वन्द्वमा संलग्न सुरक्षाकर्मी जो मृत्यु भएका परिवारलाई पीडित सरह क्षतिपूर्ति दिने कुरा गरेका छौँ’, गृहमन्त्री लेखकको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा