रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार बस्दैछ ।

आइतबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे छलफल हुनेछ । बैठकमा प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।

आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा (एमाले) का अतिरिक्त जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी लगायतले प्रधानमन्त्रीलाई विश्वासका मत दिँदैछन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा,  राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विपक्षमा मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा