ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी विजयी

काठमाडौँ, १ साउन । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी वर्तमान अध्यक्ष भविश्वर शर्मालाई ११६ मतान्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष विजयी अधिकारीले ५६२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भविश्वर शर्माले ४५० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा राजिव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलिया विजयी भएका छन् । महासचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन् । त्यस्तै सचिवमा पुण्यराम लगेजु विजयी भएका छन् ।  कोषाध्यक्षमा प्रकाश थपलिया यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन् । महासचिव बाहेक सबै अधिकारी प्यानलका उम्मेदवार हुन् ।

यस्तै सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर, सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल विजयी भएका छन् । विजयी सबैजसो अधिकारी प्यानलका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा