राजनीतिक बयानबाजीको तापक्रम घटाउन बाइडेनको आग्रह

वासिंटन, ३१ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजनीतिक तापक्रम घटाउन अमेरिकीहरूलाई आग्रह गरेका छन् ।
 
ओभल अफिसबाट राष्ट्रका नाममा आइतबार (नेपाली समयअनुसार आज बिहान) सम्बोधन गर्दै बाइडेनले पेन्सिलभानियाको र्यालीमा शनिबार भएको गोली काण्डले कदम पछाडि हटाउन आग्रह गरेको जनाएका छन् ।

उनले हिंसा कहिले पनि जवाफ हुन नसक्ने जनाउँदै अमेरिकामा कुनै पनि हिंसालाई स्थान नभएको बताएका छन् । देश राजनीतिक बयानबाजीका कारण तातेको जनाउँदै यसलाई शान्त गर्न सबैमा आग्रह गरेका छन् ।

बाइडेनले राष्ट्रिय एकताका लागि आग्रह गर्दै गएको शनिबारको गोलीकाण्डमा मारिने दर्शकदीर्घाका व्यक्तिलाई हिरो भन्दै सम्बोधन गरेका छन् । उनले डोनाल्ड ट्रम्पलाई सुस्वास्थ्यको कामना गर्दै शनिबारको गोली काण्डको पुनःनिन्दा गरेका छन् । 

बाइडेनले राजनीतिक गतिविधि शान्तिपूर्ण रूपमा हुनुपर्ने समेत जनाएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा