धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानका ७६ (२) अनुसार प्रधानमन्त्रीको दावी गर्न आइतवार साँझ ५ बजेसम्ममा दावी गर्न आह्वान गर्नुभएको छ ।

उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिनुभएको हो । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलि बहुमत प्राप्त सदस्यले प्रधानमन्त्रीको लागि दावी गर्न समय सीमा दिनुभएको हो । सो सँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको हो । जसमा नेपाली कांग्रेसको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा