नेप्से परिसूचक ८‍.९० अंकले बढ्यो

काठमाडौँ, २८ जेठ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)८.९० अंकले बढेको छ । 

आज नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भयो । यस्तै १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको मूल्य घट्यो । यसबाहेक ९ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।

यस क्रममा २ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कुथेरी बुखारी स्मल हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको हो । यसबाहेक पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

परिसूचक बढे पनि ६ कम्पनी समूहहरूको सूचकमा भने गिरावट आएको छ । बैंक, होटल र टुरिजम, जीवन बिमा, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहमा गिरावट आएको छ । यसमध्ये व्यापार समूहमा ६१ अङ्कको र होटल तथा टुरिजम समूहमा ५१ अङ्कको गिरावट आएको छ । यस्तै आज निर्जीवन बिमा समूहसहित लघुवित्त, उत्पादनमूलक, लगानी, जलविद्युत, वित्त र विकास बैंक समूहमा वृद्धि भएको छ । यसमध्ये सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १३४ अङ्कको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा