सबैको जवाफ दिँदै जाने हो भने मेरो काम नै हुँदैन : गृहमन्त्री लामिछाने

काठमाडौँ, २७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबैको जवाफ दिँदै जाने हो भने आफ्नो अरू काम नै नहुने बताएका छन् । 

राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आउने क्रममा विमानस्थलमा पत्रकारसँग उनले जसले जे–जे भन्छ, त्यसको जवाफ दिँदै जाने हो भने आफ्नो केही काम नै नहुने बताएका हुन् । 

“जसले जे भन्छ, त्यसको जवाफ दिँदै हिँड्ने हो भने त मेरो अरु कामै रहँदैन ।” अरुको भन्दा पनि आफ्नै प्रश्न सोध्न पत्रकारलाई सुझाव दिँदै उनले भने, “प्रश्नको जवाफ दिँदै म हिँड्दिनँ । तपाइँहरूको आफ्नै प्रश्नहरू भइदिए पनि हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्नमा महिनौँ दिनसम्म सोधिरहनुभन्दा तपाइँहरूका आफ्नै प्रश्न भइदिए हुन्थ्यो ।”

गोष्ठीमा झापा, मोरङ र सुनसरीका निकायका प्रमुख, राजस्व, भन्सार प्रमुखहरू सहभागी छन् । यसमा भन्सार विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, कोसी प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी गणको समसामयिक विषयमा प्रस्तुती हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा