६ जना जुवाडे पक्राउ

काठमाडौँ, २६ जेठ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित देशमाया लिम्बूको घरमा जुवातास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थकनी घर भई काठमाडौँको थलीमा बस्दै आएकी ४० वर्षीया सावित्री तामाङ समेत ६ जना छन् । शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जानकारी गराएको छ । नगद तीन लाख ८०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले