सबैको अन्तर्मनमा करुणाको दीप बलोस् : अध्यक्ष ओली

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा झनै सान्दर्भिक रहेको बताएका छन् ।

अध्यक्ष ओलीले बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण एकै दिन परेको यस ऐतिहासिक तथा पावन दिनको स्मरण गरेका छन्। उनले लेखेका छन्, सबैको अन्तर्मनमा करुणाको दीप बलोस् ।’ ‘आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो,’ ‘यसै दिन सिद्धार्थ गौतमले बोध प्राप्त गर्नुभयो र २५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो ।’

ओलीले नेपालभित्र मात्र नभई संसारका सबै देशहरूबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम होस् भन्ने कामनासमेत गरेका छन्। ओलीको सन्देश छ, ‘सबैको अन्तर्मनमा करुणाको दीप बलोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् ।  आर एस

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५