महिलाहरूमा डिजिटल पहुँच पूर्णरूपमा सफल हुन सकेन : उपसभामुख राना

काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएकी छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरूमा डिजिटल पहुँच कार्यक्रम पूर्णरूपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन् ।

त्यस्तै, स्वास्थ्य र शिक्षा क्षेत्रमा महिलाहरूका लागि लगानी गर्नुपर्ने उनले बताइन् । महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनका लागि पनि राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा