आजको राशिफल

काठमाडौँ, २५ फागुन । आज २०८० साल फागुन २५ गते शुक्रबारको राशिफल । 

मेष : दिन राम्रो छ। सन्तानको तर्फबाट खुशी मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ। परोपकार गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। धर्ममा मन जानेछ। बौद्धिक व्यक्तिसँग भेट हुने योग छ। नयाँ खबर सुन्दा मनमा उत्साह बढ्ने छ। परिवार र बन्धुले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट हरेक काममा साथ र सहयोग मिल्नेछ। विदेश यात्रा गर्नु भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुने देखिन्छ।

कर्कट : दिन सामान्य छ। शनिदेवको छाया योग रहेको छ। शिवको भजन बिहानै सुन्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। मासु र मदिराबाट टाढा बसेकै राम्रो हुन्छ।

सिंह : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा विवाद हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। मन चञ्चल हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : समय अनुसार चल्नुपर्ने दिन छ। लगानीको क्षेत्रबाट उचित लाभ हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। समाजबाट सम्मान मिल्नेछ। परिवारबाट सुख प्राप्त हुनेछ।

तुला : प्रतिस्पर्धी शान्त भएकाले दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रशंसा हुनेछ। स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्ने दिन छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सुधार हुनेछ। मनमा उत्साह हुनेछ। परिवारसँगको सम्बन्ध सुखमय रहने छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। अचानक टाउँकोमा पीडा हुने जोखिम छ।

धनु : समय राम्रो छ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय राम्रो छ। बन्धुको साथ र सहयोग रहनेछ। बोलीमा नम्रता र विचारमा प्रष्ट हुनुपर्ने छ। खर्च बढी हुनाले परिवारमा मनमुटावको जोखिम देखिन्छ। खर्च गर्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ।

कुम्भ : समय सामान्य छ। थोरै बोलेर जित्नु राम्रो हुन्छ। बोलीकै कारण आफन्त टाढा हुने जोखिम रहेको छ। आर्थिक क्षेत्रमा विवाद हुने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने योग रहेको छ।

मीन : दिन सामान्य छ। आफन्तले नै पराई देख्ने छन्। ठुलो कामको योजना नबनाएकै राम्रो हुन्छ। खर्च बढी हुने योग छ। परिवारसँगको सम्बन्धले खुशी दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले