मेयर बालेन शाहको रिट निवेदन खारेज

काठमाडौँ, २४ फागुन । राष्ट्रपतिबाट नै जरिवानामा माफी मिनाहाको निर्णय भएको भन्दै सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

निर्वाचन आयोगले जरिवाना तोक्ने भनेर गरेको निर्णय गैरसंवैधानिक भएको दावी सहित मेयर शाहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदन बुधबारको संवैधानिक इजलासले खारेज गरेको हो प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले औचित्य सकिएको भन्दै रिट निवेदन खारेज गरेको हो ।

स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने करिव डेढ लाख उम्मेद्वार र जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा