पोखराको प्याराग्लाइडिङमा एकद्वार हटाएपछि विवाद

पोखरा, २९ मंसिर । पोखराको प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणाली हटाएपछि विवाद उत्पन्न भएको छ ।

अहिलेसम्म प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले शुल्क तोक्ने र पालो प्रणाली अपनाउने गर्दै आएको थियो । संस्थाले व्यवसायीलाई शुल्कदेखि आलोपालोसम्म तोकिदिने कामले सिण्डिकेट हुने र स्वतन्त्र व्यवसायको अधिकार पनि मर्ने भन्दै अहिले व्यवसायीलाई शुल्क तोक्नेदेखि उडान गर्नेसम्मको अधिकार ‘ना’ ले सुम्पिएको छ ।

संस्थाले व्यवसायीलाई नै शुल्क तोक्न दिँदा र आलाोपालो व्यवस्था पनि हटाउँदा प्याराग्लाइडिङ क्षेत्रमा मनपरी बढ्ने भन्दै बिहीबार प्यारापाइलटहरुले उडान ठप्प पारेका छन् । संस्थाले यसअघि उडानमा एकरुपमा कायम गर्ने भन्दै आधा घण्टा उडान भर्दा स्वदेशी तथा विदेशी दुबैसँग १२ हजार रुपैयाँ र पालो गरेर उडान गराउने व्यवस्था गरेको थियो । संस्थाबाटै एकद्वार प्रणालीमार्फत उडान गराउने कि सम्पूर्ण अधिकार व्यवसायीलाई दिने भन्ने विषयमा व्यवसायीकै बीचमा मतभेद थियो ।

संस्थाले तोकिदिएको मूल्य महँगो भएको, प्रवर्द्धनात्मक गतिविधिमा सहयोगी नबनेको, सेवा फितलो बनेको र संस्थाले एकाधिकार जमाएको एकाथरी व्यवसायीको भनाइ थियो । व्यवसायीहरुले भने देशबाटै सिण्डिकेट हटिसकेको अवस्थामा प्याराग्लाइडिङमा जारी राख्नु गलत हुने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बिस्थापित हुने चिन्तामा रहेका पोखेराका प्याराग्लाइडिङ व्यवसायीलाई सराङकोटको पुरानो ठाउँ छाडेर तोरीपानी र मान्द्रेढुंगाबाट अहिले उडान भर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले