सांसद बस्नेतको अर्थमन्त्रीमाथि कटाक्ष: ‘अर्थको नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा’

काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्मामाथि कडा शब्दमा कटाक्ष गर्नुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले अर्थमनत्ती शर्मा अर्थको नाका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा रहेको भन्दै तथ्यपुरक रुपमा कटाक्ष गर्नुभएको छ । सेटिङ र रेटिङमा व्यस्त रहने अर्थमन्त्री शर्मा रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले गठबन्धन जोगाउन र एमालेलाई हराउन जस्तोसुकै हतकण्डा मच्चाउने व्यङग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्री जनार्दन नामका अनर्थ मन्त्री धनार्दन शर्मा बोल्दैछु । मधव नेपाल, दुर्गा जी, गृहमन्त्री ज्यूलाई पनि धन्यवाद । छानविन समितिलाई पनि धन्यवाद । मेटाएको सीसीटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल्स नलिएकोमा, एमालेको फरक मतलाई इग्नोर गरेकोमा, सत्ताको आडमा बहुमत पुर्याई सफाई दिएकोमा । पुनः मन्त्री पद गराएकोमा, अर्थको सेटिङ् कायम गराउनेछु । प्रधानमन्त्री, भाउजुको आदेश मान्नेछु । सुप्रमे ज्यु, सेटिङ भित्रै निश्चित रेटिङ बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउनेछु, कमिशन नखुवाउने उद्योगीहरुलाई कारवाही गर्नेछु । चुनाव खर्च जुटाउनेछु । गठबनधन जिताउन र एमालेलाई हराउन लाग्नेछु । अर्थको नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सवै मूल्याङ्कन गरेका छन् । महंगी भ्रष्टाचार र कुशासनको हिसाव किताव गर्नेछन् । जनता विसाउने देश विरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ । धन्यावाद ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् ।  आर एस

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५