त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

त्रिविले अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा ३५ दिनको अल्टिमेटमसहित सूचना निकालेको थियो । त्रिविका एक अधिकारीले त्रिविको जग्गा प्रयोग गरेकाहरूलाई ३५ दिने अल्टिमेटम दिएर पत्राचार गरिएको जानकारी दिए ।

उनले भने, “हाम्रो अतिक्रमित जग्गा फिर्ता ल्याउने निर्णयअन्तर्गत पत्र काटेका छौँ । १८ वटा संघ, संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न पत्र काटिएको छ । क्यानसँगको सम्झौता यही मसान्तबाट सकिँदै छ ।”

महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित खोजबिन समितिले कीर्तिपुर परिसरभित्र र बाहिरका विभिन्न स्थानमा त्रिविको जग्गा अतिक्रमण भएको र प्राप्त हुनुपर्ने भाडासमेत नउठेको फेला पारेका थियो ।

प्रतिवेदनअनुसार, लेबोरेटरी माध्यमिक विद्यालय, नेपाल क्रिकेट संघ (क्यान), खानेपानी बोर्डलगायतले त्रिविको जग्गा उपभोग गरिरहेका छन् । त्यस्तै, नेपाल प्राध्यापक संघ केन्द्रीय समिति, नेपाल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति, कीर्तिपुर नगरपालिका, सार्वजनिक शौचालय र बस पार्कहरू पनि त्रिविको जग्गामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २२ असोज । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका