क्यानडाको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौँ, १८ बैशाख । क्यानडा क्रिकेटले पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गरेको छ ।

उनी एसोसिएट राष्ट्रहरू र फ्रेन्चाइज लिगहरूमा आफ्नो कामका लागि परिचित छन् । संगठनमाथि भ्रष्टाचार र कुशासनको आरोप लागिरहेको बेला नयाँ सुरुआत गर्ने लक्ष्यका साथ यो निर्णय गरिएको हो ।

मोन्टी आईसीसी विश्वकप लिग-२ को गत शृङ्खलामा नेपाली टोली सम्हालेर नेपाली क्रिकेट समर्थकमाझ चर्चित बनेका प्रशिक्षक हुन् ।

उनले नेपाल प्रिमियर लिग एनपीएल सिजन-२ मा काठमाण्डू गोर्खाजको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । मोन्टीले यसअघि सन् २०१९ मा पनि क्यानडाका प्रशिक्षक भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २२ असोज । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका