नेपाल रेडको रोमाञ्चक जित

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ ।

आज मूलपानी क्रिकेट मैदानमा २७६ रनको लक्ष्य पछ्याएको नेपालले ब्लुले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७२ रन मात्र बनाउन सक्यो ।

नेपाल ब्लुका अर्जुन घर्तीमगरले ५९ रन बनाए । मयन यादवले ४९, नारायण जोशीले ४६ र पवन पर्राफले ४४ रन जोडे । नेपाल रेडका विशाल पटेल र अभिषेश गौतमले समान दुई विकेट लिए । शेर मल्ल र रासिद खानले एक/एक विकेट हात पारे । 

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपाल रेडले ५० ओभरमा नौ विकेट गुमाएर २७६ रन बनाएको थियो । नेपाल रेडका निम्ति अर्जुन कुमालले सर्वाधिक ७३ रन बनाए । अनिल साह, दीपक डुम्रे र शंकर रानाले समान ३५ रन बनाए । 

नेपाल ब्लुका विपीन खत्री, शहब आलम, पवन सर्राफ र प्रकाश जैशीले समान दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २२ असोज । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका