ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा, १६ साउन । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग१७प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकको  ठक्करबाट कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । बलात्कार मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, १८ बैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, १८ बैशाख । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएर फरार रहेका एक जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । जिल्ला

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा