ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौँ, २१ भदौ । मकवानपुरक हेटौँडा उपमहानगरपालिका १५, नयाँबस्तीबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डमा चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प.७८१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने २४ वर्षीय अभिषेक भ्लोन तथा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३, डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन ।

खानतलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम फेला पारेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ