इन्डोनेसियामा भीषण आगलागीमा परी ११ जनाको मृत्यु

एजेन्सी, २२ भदौ । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीका कारण कम्तीमा ४० वटा पसल तथा घर जलेर नष्ट भएका छन् ।

स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बजार क्षेत्रमा आगो लाग्न सुरु भएको थियो । सुरुमा एउटा क्षेत्रमा देखिएको आगो तीव्र गतिमा फैलिँदै आसपासका पसल तथा घरहरूमा पुगेको थियो ।

आगोलाई नियन्त्रणमा लिन दमकल र पानीको फोहोरा प्रयोग गरिए पनि आगलागी तीन घण्टाभन्दा बढी समयसम्म जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता हेनरी जे. मानुरुङका अनुसार घटनास्थलको निरीक्षणका क्रममा ११ जनाको शव फेला परेको थियो ।

मृतक सबैको शरीरमा जलेको घाउ देखिएको उनले बताए । मृत्यु हुनेमध्ये पाँच जना वयस्क र ६ जना बालबालिका रहेका छन् । मृतक बालबालिकाको उमेर २ देखि ९ वर्षसम्म रहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको र आगलागी कसरी सुरु भयो भन्ने पत्ता लगाउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान