इन्डोनेसियामा भीषण आगलागीमा परी ११ जनाको मृत्यु

एजेन्सी, २२ भदौ । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीका कारण कम्तीमा ४० वटा पसल तथा घर जलेर नष्ट भएका छन् ।

स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बजार क्षेत्रमा आगो लाग्न सुरु भएको थियो । सुरुमा एउटा क्षेत्रमा देखिएको आगो तीव्र गतिमा फैलिँदै आसपासका पसल तथा घरहरूमा पुगेको थियो ।

आगोलाई नियन्त्रणमा लिन दमकल र पानीको फोहोरा प्रयोग गरिए पनि आगलागी तीन घण्टाभन्दा बढी समयसम्म जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता हेनरी जे. मानुरुङका अनुसार घटनास्थलको निरीक्षणका क्रममा ११ जनाको शव फेला परेको थियो ।

मृतक सबैको शरीरमा जलेको घाउ देखिएको उनले बताए । मृत्यु हुनेमध्ये पाँच जना वयस्क र ६ जना बालबालिका रहेका छन् । मृतक बालबालिकाको उमेर २ देखि ९ वर्षसम्म रहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको र आगलागी कसरी सुरु भयो भन्ने पत्ता लगाउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र