५० हजार घुस माग्ने नापीका तत्कालीन दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २२ भदौ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका तत्कालीन दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा तत्कालीन समयमा सर्भेक्षक पदमा कार्यरत अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलान गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए ।

अनुसन्धानका क्रममा नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिँदै दुवै कर्मचारीले घुस रकमका लागि बार्गेनिङ गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

श्रेष्ठ र पार्धेले आफूहरूले घुस रकम प्राप्त गर्ने र कानुनी कारबाहीबाट समेत उन्मुक्ति पाउने गलत उद्देश्य राखेको अख्तियारको दाबी छ । उनीहरूले आफूले प्रत्यक्ष रकम नलिई कार्यालय सहयोगीलाई दिन लगाउने गरी ५० हजार रुपैयाँ लिन मन्जुर गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु

काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय