डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी

काठमाडौँ, २२ भदौ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ ।

केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणका क्रममा डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको हो ।

प्रयोगशालाले भदौ २२ गते जारी गरेको परीक्षण प्रतिवेदन अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट बिक्रेता दीपक रतन शाक्यमार्फत कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा कार्बामेट २.३४७६ र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत सम्म भेटिएको छ ।

प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा देखिएका खाद्य वस्तुलाई तत्काल उपभोग गर्न अयोग्य मानिन्छ । यसको अर्थ यस्ता तरकारी वा खाद्य पदार्थहरूमा विषादीको प्रभाव कम हुनका लागि केही दिन सुरक्षित रूपमा राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोगशालाले यस डल्ले खुर्सानीको हकमा ‘केही दिन राखेर र पर्खिने’ वर्गमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, १० कार्तिक ।कास्कीको धम्पुसमा एक युवक मृत फेला परेका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक

काठमाडौँ, १० कार्तिक । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका

काठमाडौँ, १० कार्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन