डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी

काठमाडौँ, २२ भदौ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ ।

केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणका क्रममा डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको हो ।

प्रयोगशालाले भदौ २२ गते जारी गरेको परीक्षण प्रतिवेदन अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट बिक्रेता दीपक रतन शाक्यमार्फत कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा कार्बामेट २.३४७६ र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत सम्म भेटिएको छ ।

प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा देखिएका खाद्य वस्तुलाई तत्काल उपभोग गर्न अयोग्य मानिन्छ । यसको अर्थ यस्ता तरकारी वा खाद्य पदार्थहरूमा विषादीको प्रभाव कम हुनका लागि केही दिन सुरक्षित रूपमा राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोगशालाले यस डल्ले खुर्सानीको हकमा ‘केही दिन राखेर र पर्खिने’ वर्गमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत