भोटेकोशी बाढी अपडेट : एक हजार ३५५ जनाको शव फेला

काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साे कुराकाे जानकारी दिएकाे हाे ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिइन् । उनको अनुसार बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीनको विवरण अद्यावधिक छ ।

उनका अनुसार, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ । यसबीच बाढीमा फसेकाहरु मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,