पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

काठमाडौँ, २२ भदौ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए । 

उनले भने, ‘पीडित परिवारले कति छिटो राहत पाए र सरकारको उपस्थिति महसुस गरे भन्ने विषय महत्वपूर्ण हो’, ‘एक जना पनि पीडित नागरिकले ‘सरकार पाइनँ’ भन्ने अवस्था आउनुहुँदैन ।’

सभामुख अर्यालले बाढीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी पुनःस्थापनाका काम द्रुत प्रक्रियाबाट अघि बढाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिए । राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने

काठमाडौँ, २२ भदौ । धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु

काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय