२५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

काठमाडौँ, २२ भदौ । पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा पाँच ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो दुई महिनामै २५५ जनामा सङ्क्रमण पुष्टि हुनुले यस वर्ष पनि पाल्पामा डेङ्गुको जोखिम उच्च रहेको सङ्केत गरेको छ ।

स्वास्थ्य कार्यालयले डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवाला निकायसँग डेङ्गु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पैरवी तथा अभिमुखीकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार