जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २२ भदौ । प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ ।

अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका साहलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो करिब १ बजे उनकै घरबाट पक्राउ गरेको हो ।

छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेको छ । सरकार वादी र साह तेली प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान